३३ किलो सुनकान्ड: एसएसपी दिवेश लोहनी रिहा ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

३३ किलो सुनकान्ड: एसएसपी दिवेश लोहनी रिहा !



काठमाडौं । साढे ३३ किलो सुनकान्डमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनी साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । लोहनी क्षेत्रीय कारागार झुम्का सुनसरीमा रहेका छन् । डीएसपी सञ्जय राउतका सम्बन्धमा भने जिल्ला अदालतको आदेश सदर गरेको छ । डीएसपी राउतलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको थियो ।
उच्च अदालत विराटनगरले लोहनीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र सारंगा सुवेदीको संयुक्त इजलासले साधारण तारेखमा रिहा हुने आदेश दिएको रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धानकै क्रममा अपराध महाशाखाका तत्कालीन एसएसपी लोहनीसहित केहि प्रहरी अधिकारी नै पक्राउ परेका थिए ।

उनलाई वैशाख १९ गते पक्राउ गरिएको थियो ।  जिल्ला अदालतको आदेश रितपूर्वक नभएकाले साधारण तारेखमा राखेर कारवाहीको प्रक्रिया अघि बढाउन आदेश दिएको रेग्मीले जानकारी दिए ।  सनम शाक्यको हत्यापछि शव लुकाउन गोरेलगायतका समूहले प्रहरीको सहयोग लिएको टेलिफोन कल सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका थिए ।