ध्रुवतारा सहकारीको सेवा केन्द्र अब इमाडोलमा पनि - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ध्रुवतारा सहकारीको सेवा केन्द्र अब इमाडोलमा पनि



ध्रुवतारा बहुउद्देश्यीय सहकारीको शाखाको रूपमा ललितपुरको इमाडोलमा सेवाकेन्द्रको सुरुवात गरिएको छ । संबिधानदिवसको अवसर पारेर बुधवार एक कार्यक्रम गरी कार्यालयको सुरुवात गरिएको हो ।

स्थापना भएको छोटो समयमै १५ सय भन्दा बढी ग्राहकलाइ सेवा दिइरहेको उक्त सहकारीले आफ्नो कार्यक्षेत्र बिस्तार गरेको हो । ग्रामीण क्षेत्रमा रहेको सानो सानो पुँजी सङ्कलन गरेर जनताको जीवनस्तर उकास्न सेवा केन्द्र सुरु गरेको संस्थाका व्यवस्थापक ध्रुव बर्तौलाले जानकारी दिए । हाल २१ जनालाई रोजगार दिइरहेको ध्रुवतारा सहकारीले ८ करोड भन्दा बढी लगानी गरिसकेको छ ।

इमाडोल १ का वडाध्यक्ष ले सो सेवा केन्द्र उद्घाटन गरेका थिए । सो सहकारीको स्थापना २०७१ मा भएको थियो । स्थापनाकालको रमाइलो इतिहास सुनाउँदै एक सञ्चालक सन्तोष थापाले भने ३ लाख रुपैयाँबाट सुरु गरेको काम आज सेवा केन्द्र सम्म आइपुग्यो गरेपछि नहुने के रहेछ र ?

सहकारीको अबको प्रयास कम ब्याजदरमा ऋण प्रदान गर्ने देखि छरितो सेवा बिस्तार गर्ने सम्मको रहेको व्यवस्थापक बर्तौलाले बताए ।