ढुंगेल रिहा भएपछि सावित्री श्रेष्ठको प्रतिक्रिया: सुरक्षामा झनै खतरा बढ्यो !
युद्धकालमा मारिएका उज्जन श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले बालकृष्ण ढुंगेलले सजाय माफी पाएपछि आफूले अन्याय पाएको बताएकी छन् । उद्यपी ढुंगेलले भने आफूलाई फसाइएको बताउँदै आएका छन् ।
उनले आजको दिन आफ्नो परिवारको लागि कालो दिन भएको पनि बताइन् । सरकारले तत्कालिन माओवादी नेता ढुंगेलको कैद मिनाह गर्ने निर्णयले आश्चर्यचकित पारेको बताउकी छन् । उनले गणतन्त्र दिवसकै दिन सरकारले गरेको यो नर्णिय बिलकुल गलत भएको बताइन् ।
उनले सरकारले पीडित परिवारको पीडा कहिल्यै बुझ्न नसकेको आरोप लगाइन् । ढुंगेलको रिहाइपछि आफूहरुको सुरक्षामा झनै खतरा बढेको उनले बताइन् । बालकृष्णले भने द्धन्द्धकालमै ७ वर्ष जेल सजाय भोगेकाले उनको कैद सजाय माफी दिइएको हो ।