ढुंगेल प्रकरण: आममाफी बिरुद्ध सर्वोच्चमा रिट - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ढुंगेल प्रकरण: आममाफी बिरुद्ध सर्वोच्चमा रिट



काठमाडौं- कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका बालकृष्ण ढुङ्गेलको आचरण ठीक भएको भन्दै कारागार व्यवस्थापन विभागले गरेको कैद मिनाहा सिफारिस बिरुद्ध अदालतमा रिट दायर भएको छ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुङ्गेललाई आम माफी दिनु संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने र धारा २१ को अपराध पीडितको हक विपरीत भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन्।

रिट निवेदनमा कारागार व्यवस्थापन विभागको सिफारिस संविधानको धारा १३३ को उपधारा २ अनुसार उत्प्रेषणको आदेशद्वारा बदर गर्दै ढुङ्गेललाई आम माफी दिने सरकारको तयारी प्रतिषेधको आदेशबाट रोक्न माग गरिएको छ।

रिट निवेदनमा प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ। सर्वोच्च अदालतमा रिटको सुनुवाई शुक्रवार नै हुने भएको छ।