प्रचण्डमाथि खनिए बालकृष्ण ढुंगेल - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

प्रचण्डमाथि खनिए बालकृष्ण ढुंगेल



विराटनगर- नेकपाका नेता बालकृष्ण ढुंगेलले प्रचण्डको आह्वानमा आन्दोलनमा लाग्दा मृत्युवरण गर्नेहरू सहिद नहुने भन्दै उनको पछि नलाग्न आग्रह गरेका छन्।

ओलीपक्षीय नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ढुंगेलले कुर्सी नपाएर सडकमा पुगेका प्रचण्डको आह्वानमा बलिदान गर्नेहरू मृतक मात्र हुने बताए।

सडकमा बम राखेर बलिदान हुने कुरा गर्ने प्रचण्ड–नेपाल समूहलाई इंगित गर्दै उनले अब बम, बलिदान र मृत्युको यात्रा स्वीकार्य नभएको बताए। जनयुद्धमा बलिदानी पाएकाहरूलाई प्रचण्ड नेतृत्वले सहिद नभई मृतक मात्र बनाइएको उनको आरोप थियो। साथै प्रचण्डलाई योगदान नभई अनुदानका मान्छे मात्रै चाहिएका पनि उनले जिकिर गरे। ​

ओखलढुंगाबाट २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित ढुंगेलले कालापानी र लिम्पियाधुरा दाबी गरेर सरकारले नक्सा पारित गरेपछि प्रचण्ड–नेपालहरू विचलित भएर बाहिरिएको दाबीसमेत गरे।

प्रचण्डले केही दिनअघि आवश्यक परे आफूहरु फेरि बलिदान हुन तयार रहेको भन्दै केपी ओलीविरुद्ध आन्दोलनमा लाग्न गरेको आह्वानलाई ढुंगेललेबलिदानको झुठो आश्वासन भन्दै अब युवा यसमा नफस्ने पनि बताए।