गोविन्द केसीको आन्दोलनलाई बालकृष्ण ढुंगेलले जेलबाट गरे समर्थन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गोविन्द केसीको आन्दोलनलाई बालकृष्ण ढुंगेलले जेलबाट गरे समर्थन



काठमाडौं –

सदरखोर कारागार डिल्लीबजारमा कैद भुक्तानी गरी रहेका माओवादी नेता बालकृष्ण ढुङेलले जेलबाटै डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका छन् ।

ढुङेललाई भेट्न सदरखोर पुगेकी उनकी जेठी छोरी विनिताले बालकृष्णलाई उदृत गर्दै आफ्नो फेसबुक वालमा लेखेकी छन्– ‘इतिहासकै दोस्रो पटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनका विरुद्ध आवाज बुलन्द गर्दै अदालती अन्यायको विरुद्धमा आन्दोलनको विभिन्न स्वरुपमध्ये एउटा आमरण अनसन जस्तो जोखिमयुक्त आन्दोलन गर्नु हुने डा. गोविन्द केसीको साहस र आन्दोलनलाई एक्यबद्धतासाथ मेरो अभिवादन छ ।’

२०५५ असार १० मा ओखलढुङ्गाका भुवन भनिने उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा कार्तिक १४ गते काठमाडौंको सातदोबाटोबाट पक्राउ परेका उनले उनले अदालतका विरुद्ध केसीले चलाएको आन्दोलनमा समर्थन जनाएका हुन् ।

छोरी विनिताले आफू १५ दिनपछि बुबालाई भेट्न जाँदा आफूलाई बुबाले यो सन्देश पु¥याई दिन भनेको उल्लेख गरेकी छन् । दुई छोरी र एक श्रीमती रहेका ढुङ्गेल कपन बस्दै आएका छन् ।