अराजकतालाई रोक्न नेबि सङ्घले गरेको मौन प्रदर्शनमा ढुङ्गा प्रहार, दर्जन नेता घाइते - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

अराजकतालाई रोक्न नेबि सङ्घले गरेको मौन प्रदर्शनमा ढुङ्गा प्रहार, दर्जन नेता घाइते



काठमाडौँ : नेपाली काँग्रेस पार्टी भित्र अराजकता,अनुशासन हीनता र अन्तरघात बढेको भन्दै नेपाल विद्यार्थी सङ्घको देउवा समूहले आज पार्टी अफिसमा गरेको मौन प्रदशनमा नेपाल विद्यार्थी सङ्घको तेस्रो धारले आक्रमण गरेका छन्।

सयौँ कार्यकर्ता पार्टी अफिसको अगाडि मौन भएर उभिएको समयमा नजिकै भएका सिटौला समूहका केही नेपाल विद्यार्थी सङ्घका नेताहले ढुङ्गा प्रहार गरेपछि झडप भएको थियो।

नेपाली काँग्रेसमा आत्मीयता सहितको एकताका निम्ति ऋषिकेश जङ्ग शाहले आज आफ्नो नेतृत्वमा पार्टी कार्यालयमा मौन प्रदर्शन गरेका हुन। प्रदशनमा भएको ढुङ्गा प्रहार पछि नेपाल विद्यार्थी सङ्घका निवर्तमान सह महामन्त्री बद्री मुडभरी सहित दुई दर्जन नेताहरू घाइते भएका छन्।