ढुंगाले टाउकोमा हानेर हत्या,सनाखत हुन सकेन - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

ढुंगाले टाउकोमा हानेर हत्या,सनाखत हुन सकेन



नेपालगञ्ज – कोहलपुरमा एकजनाको हत्या भएको छ। रोहिणी खोला अगाडि भरैयागाउँ जाने बाटोको खोल्सामा अन्दाजी ४० वर्ष उमेरका पुरुषको शव फेला परेको हो।

ढुंगाले टाउकोमा हानेर हत्या गरिएका उनको सनाखत हुन सकेको छैन। मंगलबार बिहान दाउरा खोज्न गएका महिलाले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरीक्षक सुरेन्द्र पन्तका अनुसार शव खोल्सामा थियो, ढुंगाले हानी मारेर खोल्सामा फालेको घटनाको प्रकृतिले देखिन्छ। टाउको रक्ताम्य रहेको उनले बताए।

प्रहरीले सनाखतका लागि आसपासमा पत्राचार गरेको छ। ‘मृतक को हुन्, कहाँबाट त्यहाँ लगेर, कसले हत्या गरेको हो भन्ने केही खुल्न सकेको छैन, हामी अनुसन्धानमा छौँ,’ प्रहरी नायव निरीक्षक पन्तले भने।देश्संचार