ढुङ्गाले च्याप्दा गुल्मीमा एक मजदुरको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ढुङ्गाले च्याप्दा गुल्मीमा एक मजदुरको मृत्यु



बुटवल– गुल्मीको रेसुङ्गा नगरपालिकामा ढुङ्गाले च्याप्दा एक मजदुरको ज्यान गएको छ ।  रेसुङ्गा नगरपालिका १२ छापमा मंगलबार दिउँसो ढुङ्गाले च्याप्दा स्थानीय ५२ बर्षीय गुनबहादुर कामीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपककुमार बस्नेतका अनुसार ढुङगाखानी भित्र काम गर्दै गरेका कामीलाई माथिवाट ढुङगो झरेर च्यापेको हो ।  घटनापछि कामीलाई अस्पतालतर्फ लगिएपनि उनको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

गुन बहादुर लामो समयदेखि ढुङ्गा खानीमा काम गर्दै गुजारा चलाउदैं आएका थिए ।