उपसचिव ढुण्डीराज अर्यालको निधन - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

उपसचिव ढुण्डीराज अर्यालको निधन



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्क घातका कारण निधन भएको छ ।

उनलाई मस्तिष्का घात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए ।

मन्त्रालयका निमित्त सचिव डा. हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनु पर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोककुल परिवारमा समवेदना व्यक्त गरे । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । अर्यालका श्रीमती रहेकी छन् ।