आजको सचिवालय बैठक धुम्बाराहीमा नबस्ने
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज धुम्बाराहीमा बस्ने भनिएको बैठक सरेको छ । यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय गरेको थियो ।
आज बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नै बस्ने भएको छ ।
अन्तिम समयमा बैठकलाई पुनः प्रधानमन्त्री निवास बालुवाटारमा नै सारिएको हो । बैठक आज एक बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।