धुम ४ मा सलमान र केट्रिना - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

धुम ४ मा सलमान र केट्रिना



काठमाडौं । बलिउडको चर्चित फिल्म ‘धुम’को अर्को श्रृंखला निर्माण हुनेभएको छ ।  निर्माता आदित्य चोपडाले ‘धुम’को चौथो श्रृंखला निर्माण गर्ने भएका छन् । यशराज ब्यानरमा निर्माण हुने ‘धुम–४’ का लागि सम्भावित कलाकारहरुको नाममा पनि अड्कलबाजी चलिरहेको छ। यसमा ककसको भाग्य चम्किने हो भनेर बलिउड फिल्म नगरीमा विभिन्न कलाकारहरुको नाम लिने गरिएको चर्चा छ।

‘धुम–४’ का लागि निर्माताले चर्चित अभिनेता सलमान खान र रणवीर सिंहको नाममा निर्णय गरिसकेको बताईन्छ । सलमानको नाम टुंगिनेबित्तिकै नायिकामा केट्रिना कैफको नाममा स्वत सहमति हुने चर्चा छ ।

सलमानकी पूर्वप्रेमिकाका रुपमा चर्चित नायिका केट्रिनाले धुम ३ मा अमिर खानसँग रोमान्स गरिसकेकी थिईन्।

 निर्माता आदित्यले फिल्मको सम्पूर्ण कलाकारहरुको नाम टुंगो गरिसकेका भएपनि हाल गोप्य राखिएको छ । यो फिल्म सन् २०२० मा सार्बजनिक गर्ने लक्ष्य आदित्यले राखेको बताईन्छ।