धोनीको ‘ग्लव्स’मा भएको अलग्गै चिन्ह : यस्तो छ वास्तविकता - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

धोनीको ‘ग्लव्स’मा भएको अलग्गै चिन्ह : यस्तो छ वास्तविकता



काठमाडौं । बुधबार दक्षिण अफ्रिकाविरुद्ध विश्वकपको पहिलो खेलमा रोहित शर्मा शतकीय पारिका कारण चर्चामा रहे भने अर्का ब्याट्सम्यान महेन्द्रसिंह धोनी ‘ग्लव्स’का कारण चर्चामा आएका छन् ।

सधैँजसो विकेटकिपरका रुपमा बसेका धोनीले लगाएको ‘ग्लव्स’को तस्बिर अहिले सामजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिरमा धोनीले लगाएको ‘ग्लव्स’मा एक चिन्ह छ । के हो त धोनीले लगाएको ‘ग्लव्स’मा भएको चिन्ह ?

धोनीको ‘ग्लव्स’मा प्रयोग भएको चिन्ह भारतीय सेनाको एक चिन्ह हो । भारतीय सेनाका कामहरुको प्रशंसक धोनीले पहिलोपटक खेलको दौरान भारतीय सेनाको चिन्ह भएको सामान लगाएका हुन् ।

के हो त्यो चिन्ह ?
भारतीय सेनाको एउटा विशेष फोर्स हुन्छ जुन विद्रोहीसँग लड्छ र त्यस्ता क्षेत्रहरुमा आफैँ पसेर उनीहरुलाई मार्छ ।विभिन्न अप्ठ्यारो परिस्थितिमा विद्रोहीहरुसँग लड्ने सैनिकहरुलाई प्यारा कमाण्डो भन्ने गरिन्छ । यहि प्यारा कमाण्डोको एक विशेष चिन्ह दिने गरिन्छ, जसलाई बलिदान चिन्ह भनिन्छ । यो चिन्ह ती सैनिकहरुलाई नै मिल्छ जो स्पेशल प्यारा फोर्ससँग जोडिएका छन् ।

किन लगाए धोनीले यस्तो चिन्ह भएको ‘ग्लव्स’ ?
महेन्द्रसिंह धोनीलाई २०११ मा टेरीटोरियल आर्मीले लेफ्टिनेन्ट कर्नलको उपाधिले सम्मान गरेको थियो । त्यसपछि २०१५ मा धोनीले प्यारा फोर्सको साथमा उनीहरुलाई दिएको तालिम पनि पुरा गरे । त्यसपछि मात्र उनलाई यो चिन्ह दिइएको थियो । त्यो चिन्ह लगाउने अनुमति पाएका उनले विश्वकपमा पहिलोपटक लगाएका हुन् ।