धोनी मैदान फर्कदा सन्दीप पनि फर्किए - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

धोनी मैदान फर्कदा सन्दीप पनि फर्किए



एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुदैछ ।

आईपीएलको प्ले अफमा स्थान बनाएको दिल्लीले चेन्नईविरुद्वको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई मौका दिएको छ ।

सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारिसकेका छन् ।

चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा रहने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

खेलमा दिल्लीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

प्ले अफमा पुगिसकेका दुवै टोली दबाब रहित छन् । तर, शीर्ष स्थानमा रहदै क्वालिफायर्स पुग्ने लक्ष्य दुवै टोलीमा छ ।

शीर्ष स्थानको दिल्लीको १२ खेलबाट १६ अंक रहेको छ । समान अंक भएको चेन्नई नेट रन रेटमा दिल्लीभन्दा पछि छ ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनी मैदानमा फर्किएका छन् । अस्वस्थताका कारण धोनी पछिल्लो समय चेन्नईको खेलमा देखिएका थिएनन् ।