सचिन तेन्दुलकरले यसरी गरे धोनीको प्रशंसा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सचिन तेन्दुलकरले यसरी गरे धोनीको प्रशंसा



काठमाडौं- न्युजिल्याण्डसँग एक दिवसीय विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा हारेसँगै दिग्गज विकेटकीपर महेन्द्र सिंह धोनीले सन्यास लिने विषयमा चर्चा बढेको छ ।विश्वकप सकिएसँगै धोनीले सन्यास लिने चर्चा पहिले देखि नै चलेको थियो । तर अहिलेसम्म धोनीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

तर धेरैले अनुमान त्यही गरिरहेका छन् कि अब धोनीले आफ्नो अन्तिम अन्तरराष्ट्रिय प्रतियोगिता खेलिसके ।

धोनीको सन्यासको विषयमा सचिन तेन्दुलकरले भने, ‘५० ओभरको खेलमा उनकाे करियर सकिएको हो वा होइन त्यो उनको निजी निर्णय हो । हामी सबैले धोनीको फैसलालाई सम्मान गर्नुपर्छ ।’

तेन्दुलकरले अगाडि भने, ‘ भारतीय क्रिकेट टिममा धोनीको योगदान सधैँ मूल्यवान थियो र रहनेछ, सन्यासमा धेरै ध्यान दिनुभन्दा पनि उनले देशका लागि बढाएको गौरबको आदर गर्नुपर्छ । धोनी यस्ता खेलाडी हुन् जबसम्म उनी आउट हुन्थेनन् म्याच सकिन्थेन । ’