किन मैदानमै रिसले चुर भए महेन्द्रसिंह धोनी ?(भिडियो सहित) - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

किन मैदानमै रिसले चुर भए महेन्द्रसिंह धोनी ?(भिडियो सहित)



काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा चेन्नई सुपरकिङ्ग्स पराजित भयो। चेन्नईलाई मुम्बई इन्डियन्सले ६ विकेटले हरायो।

खेल हुँदै गर्दा एउटा यस्तो समय आयो जतिबेला चेन्नई सुपरकिङ्ग्सका कप्तान महेन्द्रसिंह धोनी रिसले चुर भए। घरेलु मैदानमा मङ्गलबार चेन्नईले पहिले ब्याटिङ गरेर जम्मा १३१ रन मात्र बनाउन सक्यो। जबाफमा मुम्बईले ९ बल बाँकी छँदै लक्ष्य भेट्टायो।

खेलको पाँचौँ ओभरमा मुरली विजयले दीपक चहरको बलमा सूर्यकुमार यादवलाई आउट गर्नसक्ने एकदमै सजिलो क्याच छोडेका थिए। त्यो मुम्बईका सूर्यकुमार यादव जम्मा ११ रन बनाएर खेलिरहेका थिए।

https://twitter.com/VinayTr85616518/status/1125803357879226368

४ ओभरमा मुम्बईको स्कोर २ विकेटको क्षतिमा २२ रन थियो। चेन्नईसँग तेश्रो विकेट लिने राम्रो मौका थियो। सूर्यकुमार यादवले स्पिन बलरविरूद्ध एकदमै राम्रो खेले तर मुरली विजयले उनकै क्याच छोडिदिए। त्यसपछि कप्तान महेन्द्रसिंह धोनीको रिस हेर्नलायक थियो।

क्याच छोडेपछि सूर्यकुमार यादवले अरू ६० रन बनाएर ७१ रन नटआउट खेले, जसले मुम्बईलाई फानइलमा पुऱ्यायो। मुम्बईलाई जित दिलाएका सूर्यकुमार यादवले म्यान अफ द म्याचको अवार्ड पाए।

हारपछि पनि फाइनल पुग्ने चेन्नईको सम्भावना भने अझै बाँकी छ। अब बुधबार बेलुका हुने दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीचको विजेतासँगको खेल जितेमा चेन्नई फाइनल पुग्न सक्छ।

योभन्दा पहिला पनि राजस्थान रोयल्सविरूद्ध जयपुरमा भएको खेलमा पनि चेन्नईका कप्तान महेन्द्रसिंह धोनी रिसले चुर भएका थिए। त्यो समयमा उनी अम्पाएरविरूद्ध बोल्दै बीच मैदानमा पुगेका थिए। यसको सजायस्वरूप उनलाई म्याच फिसको २० प्रतिशत रकम कट्टा गरिएको थियो।