प्रीति जिन्टाले धोनीको छोरीलाई किडन्याप गर्छु भनेपछि... - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

प्रीति जिन्टाले धोनीको छोरीलाई किडन्याप गर्छु भनेपछि…



काठमाडौँ – अहिले आईपीएलको सिजन छ । भारतमा मात्र नभएर क्रिकेटप्रेमी सबैले हेर्ने टुर्नामेन्ट हो आईपीएल । विश्वभर करौडौँले हेर्ने आईपीएलमा कसले के भन्यो भन्ने विषय पनि उत्साहका साथ हेर्ने गरिन्छ ।

यसैबीच आईपीएलमा सहभागी किङ्ग्स इलेभेन पञ्जावकी वनर प्रीति जिन्टाले अर्को टीम चेन्नाई सुपरकिङ्ग्सका कप्तान महेन्द्रसिंह धोनीलाई खुल्लमखुल्ला धम्की दिएकी छिन् । उनले ट्वीटरमा एउटा ट्वीट लेख्दै महेन्द्रसिंह धोनीलाई धम्की दिएकी हुन् ।

उनले ट्वीट गर्दै ‘क्याप्टेन कुलको म सहित कैयौँ फ्यानहरू छन्, तर म अब उनकी प्यारी छोरीको फ्यान हुँदै गइरहेकी छु । यहाँ मैले उनलाई भनेकी छु – राम्रोसँग बस्‍नु, म किडन्याप गर्न पनि सक्छु ।’ प्रीति जिन्टाले अन्तिममा फोटोको क्याप्सन दिन आफ्ना फ्यानहरूलाई पनि अनुरोध गरेकी छिन् ।

प्रीति र धोनीको सम्बन्ध एकदमै राम्रो छ । उनीहरूबीच खेलको समयमा भेट भइरहने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।