धोनीलाई प्रधानमन्त्री बनाउन माग - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

धोनीलाई प्रधानमन्त्री बनाउन माग



काठमाडौँ – शनिबार आइपिएलको खेलमा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीको टिम चेन्नाई वर्तमान कप्तान विराट कोहलीको टिम बेंग्लोरसँग एक रनले पराजित भयो । तर, धोनीको प्रदर्शनले सबैलाई चकित पार्यो ।

घरेलु मैदानमा बेंग्लोरले १६२ रनको चुनौति दिएको थियो । मध्यम लक्ष्य पछ्याएको चेन्नाई सुरु देखि नै लगातार विकेट गुमाएपछि दबावमा पर्यो ।

हारको नजिक पुगेको आफ्नो टोलीलाई जिताउन धोनीले चुनौति मोले । अन्तिम ओभरमा चेन्नाईलाई जितका लागि २६ रन आवश्यक थियो । स्ट्राइकमा थिए धोनी । उनले उमेश यादवको पहिलो बलमा चौका अनि दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गर्दै टीमलाई जितको नजिक पुर्याए । चौथो बलमा दुई रन लिएपछि पाँचौमा उनले फेरि छक्का प्रहार गरे । अन्तिम बलमा दुई रन मात्र चाहिएको अवस्थामा दुर्भाग्यवश अर्को इन्डका ब्याट्सम्यान सार्दुल ठाकुर आउट हुन पुगे । बेंग्लोरसँग चेन्नाई एक रनले पराजित भयो । तर धोनीको प्रदर्शनले सबैको मन जित्यो ।

धोनीले ४८ बलमा अविजित ८४ रन बनाउने क्रममा ७ छक्का र ५ चौका प्रहार गरे । यो प्रदर्शनपछि सामाजिक सञ्जालमा उनको प्रशंसा चुलियो । जसमध्ये केहीले उनलाई प्रधानमन्त्री बनाउन माग गरेका छन् ।