धोनीले बनाए नयाँ किर्तिमान : सय खेल जिताउने पहिलो कप्तान
शीर्ष स्थानको चेन्नई सुपर किङ्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ ।
यो जितसंगै चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले नयाँ किर्तिमान बनाएका छन् । आईपीएल खेलको इतिहासमै गजबको किर्तिमान बनेको छ ।
बिहिबार राजस्थानसंगको खेल जितेपछि आइपिएलको इतिहासमा धोनी १ सय खेल जिताउने पहिलो कप्तान बनेका छन् ।