धोनीलाई कडा कारवाहीको माग - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

धोनीलाई कडा कारवाहीको माग



भारतीय राष्ट्रिय टोलीका पूर्व ब्याट्सम्यान वीरेन्द्र सहवागले चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीलाई आईपिएल म्याचमा नियम उल्लघंन गरेको मामिलामा दुई देखि तीन म्याचसम्मको प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।

धोनी राजस्थान रोयल्सविरूद्धको खेलमा अम्पायरसँग विवाद गर्न रिसाउँदै मैदानमा छिरेका थिए। उनी यस क्रियाकलापका लागि आलोचितसमेत बने। नियम उल्लंघन गरेकामा उनको म्याचको आधा फिस काटिएको छ।

‘यदि उनलो यो काम भारतको राष्ट्रिय टोलीका लागि गरेका भए म धेरै खुशी हुन्थे। भारतीय कप्तानका रूपमा उनलाई यसरी रिसाएको मैले कहिले देखेको थिइन। मलाई लाग्छ उनी चेन्नईका लागि ज्यादै नै भावुक बने’, सहवागले भने, ‘मलाई के लाग्छ भने चेन्नईका दुई खेलाडी मैदानमा हुँदाहुँदै उनी मैदानमा आउन हुन्थेन। ती दुई खेलाडी पनि नो बललाई लिएर उत्तिनै रिसाएका थिए जति धोनी। मेरो विचारमा उनले यसलाई त्यतिकै छोड्दिनुपर्थ्यो।’

त्यस्तै उनले आईपिएल नियम अनुसार धोनीलाई २-३ म्याचमा प्रतिबन्ध लगाएर एक उदाहरण कायम गर्ने सकिने पनि बताए।