के हो धोनीको ग्लब्स काण्ड ? - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

के हो धोनीको ग्लब्स काण्ड ?



अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भारतीय क्रिकेट बोर्डलाई विकेटकिपर महेन्द्रसिंह धोनीले जारी विश्वकपमा लगाएको ग्लब्सबाट सेनाको चिन्ह अंकित ग्लब्स नलाउँन भनेको छ।

भारतले दक्षिण अफ्रिकाविरुद्ध खेलेको विश्वकपको पहिलो खेलका दौरान धोनीले भारतीय स्पेशल फोर्सको चिन्ह ‘बलिदान’ अंकित ग्लब्स लगाएका थिए।

आइसिसीको नियमानुसार उसले आयोजना गर्ने खेलका दौरान खेलाडी या अफिसियलले जर्सी या अन्य कुनै चीजमा राजनीति, धर्म अथवा नश्लभेदी वस्तुको सन्देश दिने कुनैपनि चिन्ह, संकेत या शब्दको प्रयोग गर्न पाइदैँन्।

आइसिसीका महाप्रबन्धक क्लेयर फर्लोङले भारतीय क्रिकेट बोर्डलाई उक्त चिन्ह हटाउँन भनिएको र पहिलोपटक नियमको उल्लघंन भएकाले धोनीलाई कुनै जरिवाना नहुने बताएका छन्।

धोनीको ग्लब्समा भएको उक्त चिन्ह ‘बलिदान ब्रिगेड’ को हो। २०११ मा धोनीलाई भारतीय सेनाले पारा स्पेशल फोर्स यूनिटको लेफ्टिनेंट कर्णलको मानार्थ उपाधि दिएको थियो।

तर, खेलबाहेकको समय आर्मीको ड्रेशमा देखिने धोनीले यसअघि पनि आफ्नो ग्लब्समा उक्त चिन्हको प्रयोग गर्दै आएका थिए। पहिले भने खासै कसैले ध्यान दिएका थिएनन् तर दक्षिण अफ्रिकाविरुद्धको खेलको दौरान भने क्यामराले पटक पटक उनको चिन्हमा फोकस गरेपछि उक्त कुरा बाहिर आएको हो।

धोनीले लगाएको आर्मीको चिन्ह युक्त ग्लब्सको कुरा बाहिर आएपछि मानिसहरु त्यसको पक्ष र विपक्षमा बाँडिएका छन्। भारतीय समर्थकहरुले देशको सेनाको सम्मान भन्दै धोनीको समर्थन गरेका छन् भने अन्यले आइसिसी नियमको उल्लघंन भन्दै विरोध जनाएका छन्।

आइसिसीले बिसीसीआई(भारतीय क्रिकेट बोर्ड)लाई धोनीले लगाएको उक्त चिन्हको बारेमा जवाफ मागेपछि बिसीसीआईको बैठक बसेको थियो। बैठकले धोनीले लगाएको चिन्हको समर्थन गर्दै आइसिसीसँग उक्त चिन्हयुक्त ग्लब्सको प्रयोग गर्न दिन अनुरोध गर्ने निर्णय गरेको थियो।

भारतीय खेलमन्त्री किरन रिजुजूले पनि यो भारतीय शाखसँग जोडिएको कुरा भएकाले बीसीसीआईले मजबुद अडान लिनुपर्ने बताएका छन्।

पाकिस्तानीहरुले भने धोनीले नियमको उल्लघंन गरेको भन्दै चर्को आलोचना गरेका छन्। पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री चौधरी फवाद हुसैनले धोनी महाभारत गर्न नभई क्रिकेट खेल्न इंग्ल्याण्ड गएको प्रतिक्रिया दिएका छन्।

भारतीय मिडियामा चलेको बहसप्रति प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘धोनी इंग्ल्याण्डमा क्रिकेट खेल्न गएका हुन्, महाभारतका लागि हैन्। भारतीय मिडियामा मुर्खतापूर्ण बहस चलिरहेको छ। भारतीय मिडियाको एक वर्ग युद्धमा यति प्रभावित भएको छ कि उनीहरुलाई सिरिया, अफगानिस्तान या रुवंडा पठाइदिए हुन्छ।’ एजेन्सी।