धोनीले लगाएको 'ग्लब्स'मा प्रतिबन्ध लाग्यो - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

धोनीले लगाएको ‘ग्लब्स’मा प्रतिबन्ध लाग्यो



एजेन्सी– इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटको पहिलो खेलमा भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको पन्जा विशेष चर्चामा रहेको थियो । पन्जामा भारतीय सेनाको (इन्डियन प्यारा स्पेसल फोर्सेस)को प्रतीक चिह्न ‘रेजिमेन्ट ड्यागर’ अंकित थियो ।

भारतमा धोनीका प्रशंसकले यसलाई धोनीको सेना प्रेम भएको टिप्पणी गरेका थिए । र, यसका लागि उनको सराहना पनि गरेका थिए ।

तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले धोनीले दोस्रोपटक यो पन्जा लगाउन नपाउने बताएको छ । आइसिसीले भारतीय क्रिकेट बोर्डलाई यसका लागि सूचना पठाइसकेको छ ।

भारत विश्वकपमा अब दोस्रो खेल ९ जुनमा अस्ट्रेलियाविरुद्ध खेल्दै छ ।