२०७६ साउन ३, शुक्रबार

महेन्द्र सिंह धोनी भाजपा प्रवेश गर्ने

July 14, 2019
42 Views

एजेन्सी– भारतीय टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले क्रिकेटबाट संन्यास लिएपछि भारतीय जनता पार्टीमा प्रवेश गर्ने दाबी भाजपाका वरिष्ठ नेता सञ्जय पासवानले गरेका छन् ।

एक मिडिया च्यानलसँग कुरा गर्दै पासवानले धोनीलाई पार्टीमा भित्र्याउने विषयमा लामो समयदेखि कुराकानी चलिरहेको बताए ।

लोकसभा चुनावअघि नै धोनीलाई पार्टीमा ल्याउने कोशिश गरिएको उनले बताए । सम्पर्क फर समर्थन कार्यक्रममा भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले धोनीसँग भेटघाट गरेका थिए ।

शनिवार राँचीमा भाजपका राष्ट्रिय महासचिव अरुण सिंहलाई यसको बारेमा सोध्दा उनले केही पनि बताएनन् । झारखण्डमा यसै वर्ष विधानसभा चुनाव हुँदैछ । पार्टीलाई संगठनात्मक मजबूती दिने कोशिश हुँदैछ ।

विश्वकपबाट भारतीय टीम बाहिरिएपछि सामाजिक सञ्जालमा धोनी ट्रेन्डमा छन् । उनले यस प्रतियोगितापछि संन्यास लिने अड्कल गरिँदा प्रशंसकहरूले संन्यास नलिन अपील गरेका छन् ।

 

Facebook Comments

सम्बन्धित खवर

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु
अन्तराष्ट्रिय
shares3 views
अन्तराष्ट्रिय
shares3 views

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १३:०६

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी…

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु
अन्तराष्ट्रिय
shares6 views
अन्तराष्ट्रिय
shares6 views

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १२:३८

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक…

चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टा भेटेपछि…
विचित्र संसार
shares3 views
विचित्र संसार
shares3 views

चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टा भेटेपछि…

himal post - २०७६, ३ श्रावण १२:३५

काठमाडौं - पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक्…