महेन्द्र सिंह धोनी भाजपा प्रवेश गर्ने - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

महेन्द्र सिंह धोनी भाजपा प्रवेश गर्ने



एजेन्सी– भारतीय टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले क्रिकेटबाट संन्यास लिएपछि भारतीय जनता पार्टीमा प्रवेश गर्ने दाबी भाजपाका वरिष्ठ नेता सञ्जय पासवानले गरेका छन् ।

एक मिडिया च्यानलसँग कुरा गर्दै पासवानले धोनीलाई पार्टीमा भित्र्याउने विषयमा लामो समयदेखि कुराकानी चलिरहेको बताए ।

लोकसभा चुनावअघि नै धोनीलाई पार्टीमा ल्याउने कोशिश गरिएको उनले बताए । सम्पर्क फर समर्थन कार्यक्रममा भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले धोनीसँग भेटघाट गरेका थिए ।

शनिवार राँचीमा भाजपका राष्ट्रिय महासचिव अरुण सिंहलाई यसको बारेमा सोध्दा उनले केही पनि बताएनन् । झारखण्डमा यसै वर्ष विधानसभा चुनाव हुँदैछ । पार्टीलाई संगठनात्मक मजबूती दिने कोशिश हुँदैछ ।

विश्वकपबाट भारतीय टीम बाहिरिएपछि सामाजिक सञ्जालमा धोनी ट्रेन्डमा छन् । उनले यस प्रतियोगितापछि संन्यास लिने अड्कल गरिँदा प्रशंसकहरूले संन्यास नलिन अपील गरेका छन् ।