धोनीबिनाको चेन्नई : पानी बिनाको माछा - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

धोनीबिनाको चेन्नई : पानी बिनाको माछा



हिमालपोष्ट /काठमाडौं –इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत महेन्द्र सिंह धोनीको कप्तानिमा रहेको चेन्नई सुपर किङ्गस मुम्बई इण्डियन्ससँग पराजित भएको छ । यस्तो देखिएको छ कि चेन्नई सुपर किङ्गस धोनीबिना पानीबिनाको माछा रहेछ । धोनी बिना खेलेका पछिल्ला कुनैपनि खेलमा चेन्नईले राम्रो प्रदर्शन गर्ने सकेको छैन ।

शुक्रबार राती भएको खेलमा चेन्नई मुम्बईसँग ४६ रनले पराजित भएको हो । चेन्नईको घरेलु एम चिदामबराम क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा सबै विकेट गुमाउँदै माात्र १ सय ९ रन बनाउन सक्यो । चेन्नइका लागि विजय मुरालीले सर्वाधिक ३८ रन जोडे । उनले ३५ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ३८ रन जोडेका थिए ।

त्यस्तै मिचेल स्टाननरले २२ र ड्वाने ब्राभोले २० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले मुम्बईका बलर सामु खुलेर ब्याटिङ गर्न सकेनन् । चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका लाथिस मलिंगाले ४, कुर्नाल पाण्डया र जस्प्रित बुम्राहले समान दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर ४ विकेट गुमाएर १ सय ५५ रन जोडेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ४८ बबल खेल्दै ६ चौका र ३ छक्काको मद्दतमा ६७ रनको अर्धसतकीय पारी खेलेका हुन ।

त्यस्तै इभिन लेविसले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्द ३२ जोडे । २३ बल खेलेका हार्दिक पाण्डयाले १ चौका रु १ छक्का प्रहार गर्दै २३ रनमा अविजित रहे । क्विनटन डी ककले १५ तथा केइरन पोलार्डले १३ रन जोडेका थिए । चेन्नईका मिचेल स्टाननरले २ तथा दिपक चाहर र इमरान ताहिरले १–१ विकेट लिए ।