महेन्द्रसिंह धोनी: वानडे क्रिकेटबाट पनि संन्यास - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

महेन्द्रसिंह धोनी: वानडे क्रिकेटबाट पनि संन्यास



काठमाडौं – तेस्रो तथा निर्णायक वानडे म्याचमा होस्ट इंग्ल्यान्डले भारतलाई आठ विकेटले हराएर शृंखला २–१ ले जितेपछि भारतीय वानडे टीमबाट महेन्द्रसिंह धोनीको संन्यासको अनुमान गर्न थालिएको छ । म्याच हारेपछि धोनीले गरेको कामबाट पनि यो अनुमानलाई बल पुगेको हो ।

खासमा म्याच सकिएपछि एउटा भिडियो आएको थियो जसमा धोनीले अम्पायरसँग कुरा गरेर क्रिकेट बल लिएको देखिन्छ । टेस्ट क्रिकेटबाट संन्यास लिँदा धोनीले यस्तै काम गरेकोले वानडेबाट उनको संन्यासको कुरा उठेको हो ।

धोनीले सन् २०१४ मा टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए । त्यतिखेर अस्ट्रेलियासँग खेलेको टेस्ट बराबरीमा टुंगिएको थियो र धोनीले म्याच सकिएपछि स्टम्प निकालेर आफूसँग लगेका थिए । अहिले उनले बल लगेपछि अनुमानको बजार तातेको हो ।

इंग्ल्यान्डसँगको वानडेमा धोनीको प्रदर्शन औसत रह्यो । उनले अति ढिलो ब्याटिङ गरेको भन्दै प्रशंसकहरूले आलोचना पनि गरे ।

तीन म्याचको शृंखलामा दुई म्याचमा ब्याटिङ गर्दै ७९ रन बनाए । उनको अधिकतम स्कोर ४२ थियो । दोस्रो वानडेमा उनले ५९ बलमा ३७ रन बनाए । त्यतिखेर उनले चारवटा डट बल खेल्दा स्टेडियममा भएका मानिसले हूटिङ पनि गरेका थिए । भारतले त्यो म्याच हारेको थियो । पछि विराट कोहली र सुनिल गावस्करले धोनीको प्रतिरक्षा गरेका थिए ।