काबुल विमानस्थलमा धेरै शव भेटिएको दाबी - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

काबुल विमानस्थलमा धेरै शव भेटिएको दाबी



काठमाडौं- तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएपछि कैयौँ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

तालिबानले सत्ता कब्जा गरेपछि देश छाड्नेहरूको अत्यधिक भिड लागेको थियो । भीड नियन्त्रणमा लिन अमेरिकी सेनाले गोली चलाउँदा कैयौंको हताहती भएको जनाइएको छ ।

काबुल विमानस्थलमा देश छाड्नेहरूको घुइचो लागेको भिडियोहरू सामाजिक संजालहरूमा भिराल भएका छन् । अफगान छोड्न चाहनेहरु अन्तर्राष्ट्रिय विमानस्थलमा गुइचो लागेको छ । दुई जना सर्वसाधारणको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। तर धेरैको शव भेटिएको केहि संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

सोमबार बिहान भीड तितरबितर पार्न अमेरिकी सेनाले हवाइ फायर गरेको बताइएको छ। रोयटर्सले अरु धेरै जनाको मृत्यु भएको उल्लेख गरेको छ। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार कम्तीमा पनि पाँच जनाको शव भेटिएको छ।

उनीहरुलाई गोली हानिएको वा अन्य केही कारणले मृत्यु भएको अस्पष्ट रहेको बीबीसीले जनाएको छ।