क्रिश्चियन धर्म प्रचारको कार्यक्रममा गएकोमा ओलीलाई पछुतो !(भिडियो ) - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

क्रिश्चियन धर्म प्रचारको कार्यक्रममा गएकोमा ओलीलाई पछुतो !(भिडियो )



काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका सदस्य रघुजी पन्तले क्रिश्चियन धर्म प्रचारको कार्यक्रममा गएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछुतो लागेका बताएका छन् ।

न्यूज २४ टेलिभिजनसँगको अन्तर्वार्तामा धार्मिक कार्यक्रमलाई राम्रोसँग नबुझी, हतारमा गएकाले प्रधानमन्त्री ओली र नेकपा नेता माधव कुमार नेपाललाई पछुतो लागेकाे उनले बताए । उनेले भने, ‘धार्मिक पार्टीहरूमा निमन्त्रणा गर्ने भएकाले जानै पर्‍यो । कुनै धार्मिक विशेषलाई महत्त्व दिने र अरूलाई हतोत्साहित गर्ने कुरामा हाम्रो पार्टी संलग्न हुँदैन, सरकार संलग्न हुँदैन, भएको छैन ।’

उनले पार्टी कुनै धर्म विशेषमा लाग्नु नहुने पनि बताए । उनले भने, ‘हाम्रो पार्टी कुनै धर्मको पक्षमा लागेका होइन, हामीले संविधानलाई धर्म निरपेक्ष बनाउन भूमिका खेलेको हौँ ।’ सरकार र पार्टीका नेताहरू कुरै नबुझी सम्मेलनमा सामेल हुनु गलत भएको समेत बताए ।

प्रधानमन्त्री, गृहमन्त्रीले राम्रो काम गरिरहेको बताए पनि सरकारको कामले जनतालाई सन्तुष्ट बनाउन नसकेको उनको भनाइ छ । उनले भने, ‘जनतासँग प्रतिबद्धता गरेको कुराहरू व्यवहारमा लागु हुनुपर्छ, जनताले सरकारले काम गरिरहेको छ भन्ने व्यवहारमा अनुभूत गर्नु पर्‍यो ।’

सरकारले आफैले आआफ्ना रक्षा गर्न नसकेको पनि बताए । उनले भने, ‘सरकार लजास्पत काममा नफोसाेस, यो सरकारले गरेको नराम्रो कामको प्रतिरक्षक पर्टीले बाध्य भएर गर्नु परेको छ।, योग्य कति मन्त्रीहरू पनि सफल हुन सकेको छैन, कतिपय नेताहरूमा लेख्ने पढ्ने सिद्धान्त मात्रै भएकाले सफल हुने सकेका छैनन् ‘