धरधरी रोए खरेल ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धरधरी रोए खरेल !



काठमाडौं – प्रमोद खरेलका गीत नसुन्ने सायदै कोही होला । तर के उनी धरधरी रोएको देख्नु भएको छ ? हो, प्रमोद रोएपछि भ्वाइस अफ नेपालको स्टेजमा अर्का जज सोनुप पौडेललाई सम्हाल्न हम्मे भो ।

भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन सकिनै लाग्दा मञ्चमा रूवावास मच्चिएको छ । प्रतिस्पर्धी, आफन्त र अडियन्स मात्रै हैन जज नै रोएपछि भ्वाइस अफ नेपालको स्टेजमा सन्नाटा छायो । चर्चित टिभि रियालिटी शो भ्वाइस अफ नेपाल यतिबेला निकै रूचाइएको शो भएर उदाएको छ ।

हल्लाखल्ला नगरेर चुपचाप एकैचोटी टिभी पर्दा र युटुवमा छाएको यो रियालिटी शोले दिनप्रतिदिन दर्शकको मन जित्दै गएको छ । असोज ६ गते शनिबार राति प्रशारित ब्लाइन्ड अडिसनको श्रृङ्खलामा एक प्रतिस्पर्धीको प्रस्तुती पछिको रूवावासीको माहोलले जज खरेलको आँखामा आँसु अडिन सकेन । चर्चित गायक एवं जज प्रमोद खरेल धरधरी रोएको त्यो क्षण दर्शकका लागि झनै पीडादायी बन्यो ।

भ्वाइस अफ नेपालका एक प्रतिस्पर्धी अमृत थापामगर अडिसनमा छानिन सकेनन् । जज अभयाले सोध्नेक्रममा अमृतको आमाको प्रशंग उठाउँदा अमृत भक्कानिए । अमृतकी आमा सुस्त श्रबण र दृष्टिविहीन बालबालिकालाई पढाउने र साहारा दिने गर्दै आएकी छन् । अमृतले आमाकोबारे बताउँदा उनी भक्कानिए ।

उता प्रमोदका आँखा रसाइसकेका थिए । अडियन्समा पनि रूवावासी चल्यो । अमृतका आफन्त पनि प्रतिक्षा कक्षमा आँशुका ढिक्का खसाल्दै रोए । सोनुप स्टेजमा पुगेर अमृतलाई अंगालो हालेर सान्त्वना दिँदै थिए प्रमोद भने धरधर आँशु झार्दै थिए । स्टेजमा अमृतलाई सम्हालेका सोनुप प्रमोदको सिटमा पुगेर प्रमोदलाई पनि सम्हाल्दै थिए । हेर्नुस् डिसी नेपालबाट लिइएको यो दृश्यः