२९ वर्षमा धरानमा कांग्रेसको खोलो फर्कियो - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

२९ वर्षमा धरानमा कांग्रेसको खोलो फर्कियो



धरान- धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको विजय सुनिश्चित भएको छ।

५३ हजार पाँच सय १७ गन्दा तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईभन्दा २६ सय २ मतले अगाडि छन्।

तिलकले २५ हजार ९ सय ९५ मत पाएका छन् भने प्रकाशले २३ हजार ३ सय ९३ मत ल्याएका छन्।

जितसँगै नेपाली कांग्रेसले २९ वर्षमा पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाउने छन्।

२८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो।

२०४८ सालको आमनिर्वाचन जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए।

पोखरापछी देशभरको ध्यान खिचेको धरानमा काङ्ग्रेस जित्ने पक्का भएपछि र्यालीको तयारी गरिएको छ ।

उपनिर्वाचनको सबैभन्दा ठुलो उपलब्धि काङ्ग्रेसका लागि धरान नै भएको छ ।