धरानमा काङ्ग्रेसको जीत निश्चित
काठमाडौं- धरान उपमहानगरपालिकाको मतगणना जारी रहेको छ ।
ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसले अग्रता कायम गरेको बताइएको छ ।
कांग्रेसका उम्मेदवार तिलक राईले सुरुआतद्र्खी नै अग्रता बनाउँदै आएका थिए ।
उनले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् ।
नेकपा उम्मेदवारले सुरुआती अग्रता लिएपनि झिनो मतान्तरका साथ काँग्रेस उम्मेदवारले निरन्तर अग्रता बनाउँदै लगेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बर बहादुर लिम्बुले १ हजार ८ मत ल्याउँदा समाजवादी पार्टीका गजेन्द्र बहादुर लिम्बुले ६ सय ५२ मत ल्याएका छन् ।
स्थानीय र जानकारहरूका अनुसार धरान यो पटक नेकपाले गुमाउने पक्का जस्तै भैसकेको छ ।