धरान-७ मा रोचक परिणाम: एक मतले हारे कांग्रेसका उम्मेदवार - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

धरान-७ मा रोचक परिणाम: एक मतले हारे कांग्रेसका उम्मेदवार



काठमाडौं । धरान उपमहानगर–७ मा नेकपा १ मतले विजयी भएको छ । नेकपाका उमेदवार जीवनराज सुवेदी ६२२ मत ल्याएर विजयी भए ।

उनका प्रत्यासी कांग्रेसका सुवर्णमोहन पालिखेले ६२१ मत ल्याए ।

गणना अन्तिमतिर पुग्दा नेपाली कांग्रेसले विजयी र्‍यालीको तयारीसमेत गरेको थियो ।

अन्तिममा नेकपाका उमेदवारले बाजी मारेपछि पालिखेले लगाएको मालासमते फुकाल्नुपरेको थियो ।