धर्मको नाममा महाराजको ठगी धन्दा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

धर्मको नाममा महाराजको ठगी धन्दा



काठमाडौं । धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा संचालन गरेको रहस्य खुलेको छ ।

विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत बाचन गर्दै हिंड्ने धादिङका पण्डितले एक महिलालाई ६० लाख रुपैंयाँ ठगी गरेको रहस्य खुलेको हो ।

धादिङको ज्वालामूखी गाउँपालिका– ४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु गाउँपालिका–५ घर भएकी होमकुमारी ओझालाई ६० लाख रुपैंयाँभन्दा बढी ठगी गरेको खुलेको छ ।

धर्मप्रति लगावका कारण १०८ ठाउँमा महायज्ञ लगाउने चाहना बोकेर हिंड्नुभएकी ओझाले त्यही क्रममा उत्तम भट्टसँग चिनजान हुन पुगेको थियो ।

ओझाले सार्वजनिक र निजी स्थानमा भागवत लगाउँदै गरेको ‘विश्व भागवत धाम नेपाल’ नामक संस्थामा आबद्ध हुन पुग्नुभयो । -नेपाल समाचारपत्र दैनिकबाट