धनुषाका एक वडाध्यक्षमा पनि कोरोना पोजेटिभ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

धनुषाका एक वडाध्यक्षमा पनि कोरोना पोजेटिभ



काठमाडौं– लकडाउनकै समयमा भारतबाट आएका धनुषाका एक वडाध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ।

जनक नन्दनी गाउँपालिका–२ का वडाध्यक्षको आरडीटी टेस्टबाट एन्टीबडी पोजेटिभ देखिएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको जानकारी दिए।

१४ दिनसम्म क्वारेन्टाइनमा बसेका वडाअध्यक्षलाई थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउन लगिएको निरौलाले जानकारी दिए। करिब एक महिना भारतको मधुवनीमा बसेर उनी चैत २२ गते नेपाल आएका थिए।

लकडाउनको समयमा भारतबाट आएर घरमा बसेको थाहा पाएपछि प्रशासनले चैत २४ गते उनलाई स्थानीय विद्यालयको क्वारेन्टाइनमा राखेको थियो।

उनीसँगै क्वारेन्टाइनमा राखिएका अन्य ८ जनाको भने रिपोर्ट नेगेटिभ देखिएको प्रशासनले जनाएको छ।