धनराज गुरुङले प्रदेशसभाको टिकट अस्वीकार गरे
१५ कात्तिक, काठमाडौं ।
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता धनराज गुरुङले पार्टीले दिएको प्रदेशसभाको टिकट अस्वीकार गरेका छन् ।
कांग्रेस संसदीय समितिले निवर्तमान सांसद समेत रहेका गुरुङलाई स्याङ्जा १ को ख मा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, प्रतिनिधिसभा सदस्यको दाबेदार गुरुङले प्रदेशमा नजाने अडान लिँदै पार्टी निर्णय अस्वीकार गरेको बताइएको छ ।
मुख्यमन्त्री बनाउनकालागी भन्दै प्रदेश सभाको टिकट दिएको भन्दै फकाउन केहि काँग्रेसीहरुले भनेको तर, प्रदेश सभाको टिकट गुरुङले ठाडै अस्विकार गरेको बताइएको छ ।
बालुवाटार पुगेर गुरुङ संसदीय समितिका सदस्यहरुका सामू टिकट नलिने घोषणा गरेका छन् ।
‘संघको दिने भए दिनुस् नभए प्रदेशको टिकट तपाईहरु नै राख्नुस् भन्दै हिडेको श्रोतले बताएको छ ।