एमाले धनकुटा अधिवेशन तनावग्रस्त: पूर्वमाओवादी आक्रोशित बनेपछि भागाभाग, इञ्चार्जमाथि हातपात - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

एमाले धनकुटा अधिवेशन तनावग्रस्त: पूर्वमाओवादी आक्रोशित बनेपछि भागाभाग, इञ्चार्जमाथि हातपात



धनकुटा । नेकपा एमाले धनकुटाको सातौं अधिवेशनको जारी बन्दसत्रमा दुई पक्षका नेताबीच विवाद हुँदा इञ्चार्ज राजेन्द्र राईमाथि हातपात भएको हो ।

पूर्व माओवादी नेतृ रामकुमारी राई ‘रोजा’लाई सह–सचिब बनाउँछु भनेर दिएको आश्वासन पूरा नभएपछि सो विषयमा विवाद हुँदा मञ्चका दर्जनौं कुर्सी भाँचिएको बताइएको छ । साथै, इञ्चार्ज राईमाथि हातपात भएको छ । पूर्वमाओवादी नेताहरु पदाधिकारीमा नअट्ने भएपछि विवाद भएको हाे ।

पदाधिकारीमा पार्छु भनिएका पूर्वमाओवादीका नेताहरू नपरेपछि तनावको अवस्था भएको बताइएको छ । आक्रोशित ब्बनेका पूर्वमाओवादीका नेताहरूले एकाएक आक्रमण गर्न सुरू गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

यस्तै जिल्ला अध्यक्ष दाबी गरिरहेका प्रदेशसभा सदस्यहरु इन्द्रमणी पराजुली र निरन राई समूहबीच सहमति नै नभइ राई पराजुलीलाई सर्वसम्मत बनाउन लागि परेको भन्दै निरन राई पक्षका कार्यकर्ता नाराबाजीमा उत्रेका छन् ।

जिल्लामा निरन राई अध्यक्ष बन्नुपर्ने मत बलियो भएपनि केन्द्रको आदेशमा पराजुलीलाई अध्यक्ष बनाउन दबाब आएको बताइएको छ । लोकतान्त्रिक पद्धति नमानेर केन्द्रको कुरा सुनेको भन्दै कार्यकर्ताले नाराबाजी गरेका हुन ।

धनकुटाको औद्योगिक ग्राममा जारी बन्दसत्रमा नेतृत्वको लागि निर्वाचन भएमा निरन राईको पक्षमा ६५ र पराजुलीको पक्षमा ३५ मत मात्रै आउने सहभागीको अनुमान छ । आफ्नो अवस्था बलियो हुँदाहुँदै अर्को पक्षलाई नेतृत्व सुम्पन लागेको भन्दै कार्यकर्ताले राईविरुद्ध नाराबाजी गरेका हुन ।