अजेन्टिनाको धनिया र ब्राजिलको चिनी आयात - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अजेन्टिनाको धनिया र ब्राजिलको चिनी आयात



यतिवेला रसियामा जारी विश्वकम फुटबलको चर्चा चोकचोकमा चलिरहेको छ । विभिन्न सामाजिक सञ्जाल यसैले भरिएको छ ।

युवाहरु कोहि ब्राजिलको जर्सी लगाएका हिडेका छन् कोहि अर्जेन्टिनाको ।
हामी उनीहरुको फुटबल जर्सि लगाएर मात्र हिड्दैनौँ । ती देशबाट आएको धनियादेखि बुलडोरसमम प्रयोग गरिरहका छौँ । तिनै देशबाट आएको खाद्यान्न हाम्रो भान्सामा पाकिरहेको हुन्छ ।

अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन, पोर्चुगललगायत देशबाट अर्बौं रुपैयाँको खाद्यान्न नेपालमा आइरहेको छ।

भन्सार विभागको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकमा उल्लेख भए अनुसार अर्जेन्टिनाबाट ७४ हजार २९० केजी धनियाको बीउ आयात गरिएको छ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

यसको मूल्य ३८ लाख ६३ हजार रुपैयाँ रहेको नागरिक दैनिकमा समाचार छ। यस्तै, रसियाबाट १२ करोड ४० लाख ५५ हजार रुपैयाँको २४ लाख ७९ हजार २६२ केजी धनियाको बीउ आएको छ। त्यस्तै, सोही बीय आउने देशहरुमा युक्रेन, मोल्डोभा र भारत पनि छन्।

ब्राजिलबाट चिनी, सुकेको सिमी, बोडी, मकैको बीउ, क्रुड सोयबिन तेल, बुलडोजर, मेकअपका सामान लगायत आयात भएको अभिलेख छ।

ब्राजिलबाट चिनी १३ लाख ५० हजार किलो आयात भएको छ। यसको मूल्य सात करोड चार लाख रुपैयाँ रहेको छ।