आठ दिनका लागि धनगढी विमानस्थलमा उडान बन्द - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

आठ दिनका लागि धनगढी विमानस्थलमा उडान बन्द



कैलाली । सुदूरपश्चिम प्रदेशको एकमात्र ठूलो विमानस्थल रहेको कैलालीको धनगढी विमानस्थलमा आठ दिनका लागि उडान बन्द गरिने भएको छ ।

बर्षातको पानीले विमानस्थलको धावनमार्गमा केहि समस्या आएकाले मर्मतका लागि मंगलबारदेखि उडान बन्द गरिने भएको हो ।

नागरीक उड्यान प्राधिकरण धनगढीका प्रमुख तेजवहादुर बुढाथापाले बर्षातको पानीले विमानस्थलको धावनमार्ग दबेकाले मर्मतका लागि पुष १० गतेदेखि १७ गतेसम्म विमानस्थलमा उडान बन्द गर्न लागीएको जानकारी दिए ।

विमानस्थलको कुल लम्बाईको दुई सय ५० मिटर धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले आठ दिनसम्म बन्द हुने बताउदै प्रमुख थापाले बेलुका ६ बजेपछि विमान कम्पनीहरुले उडान भर्न सक्ने बताए ।