धनगढी जेसीजद्धारा सहारा घरलाई सहयोग - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

धनगढी जेसीजद्धारा सहारा घरलाई सहयोग



राजेन्द्र रावल / बौनिया ,कैैैलाली ।
कैलालीको धनगढीमा रहेको धनगढी जेसीजले जेेेेसिज  सप्ताहको तेस्रो दिन बर्दगोरिया गाउपालिका वडा नं. २ बर्दगोरियामा एक कार्यक्रमको आयोजना गर्दै सहारा घरलाई सहयोग गरेको छ ।

धनगढी जेसीजका अध्यक्ष यज्ञराज ओझको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीज बर्ष २०१८ का कोषाध्यक्ष हेमराज ओझा, फूलवारि जेसीज बर्ष २०१८ का अध्यक्ष वीर सिह महारा, बौनिया जेसिजका अध्यक्ष जनक बिष्ट, धनगढी जुनीयर जेसीजका कार्यकारी अध्यक्ष सन्तोष पन्त, धनगढी जेसीज बर्ष २०१८ का जेसीज सप्ताह कार्यक्रम संयोजक विनोद थापा,नेपाल जेसीज क्षेत्र (घ) का कोष बृद्धी संयोजक कृष्ण बिष्ट, सहारा घरका सञ्चालक बल बहादुर बिष्ट लगायत धनगढी, धनगढी जुनीयर र बौनिया जेसीजका पदाधीकारीहरुको उल्लेखनीय सहभागीता रहेको थीयो ।

धनगढी जेसीजका उपाध्यक्ष जर्नादन बलमे सञ्चालन गर्नुभएको कार्यक्रममा धनगढी जेसीजले सहारा घरलाई ६ कट्टा चामल,२ कट्टा सोयाबीन,१ पेटी तेल,२ पेटी बिस्कुट, आलु, चिनी लगायतको खाद्यान्न तथा सो अवसरमा उपस्थित पदाधीकारीहरुले २५ सय ५ रुपैया नगद सहयोग समेत गरेका थीए ।