धनगढीको आम हडताल फिर्ता - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

धनगढीको आम हडताल फिर्ता



सुदूरपश्चिम प्रदेशको राजधानी ‘गोदावरी’ तोकिएको भन्दै धनगढीमा आह्वान गरिएको आम हडताल फिर्ता गरिएको छ । केही बेर अघि बसेको आन्दोलनकारीको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।

नेपालीको महान् चाड दसैँ तिहार नजिकै आइरहेको र विद्यालयको पठन पाठन प्रभावित भएपछि आम हडताल फिर्ता गरिएको हो ।

तर, उनीहरूले आन्दोलन जारी रहेन स्वरूप परिवर्तन गरिने बताएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी सारिएको विरोधमा धनगढीमा गरिएको आन्दोलन उग्र बन्दै गएको थियो ।

प्रदर्शनकारीहरू जबरजस्ती बजार बन्द गराउने, खुल्ला रहेका पसलमा ढुङगा हान्ने, गाली गर्ने, अटो रिक्साका चापी थुत्ने, हावा फुस्काई दिने लगायतका उच्छृङलख गतिविधिमा गर्दै आएका थिए ।