धनगढी विमानस्थल स्तरोन्नतीको काम तिब्र गतिमा - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

धनगढी विमानस्थल स्तरोन्नतीको काम तिब्र गतिमा



धनगढी, कैैैलाली।। 
धनगढी विमानस्थल स्तरोन्नतीको काम अब तिब्र गतिले सुरु हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले जग्गा अधिग्रहण गर्न अपुग रकम सबै पठाएपछि अहिले बाकि रहेका जग्गाधनीलाइ तत्काल मुआव्जा बितरण गरि रात्रिकालिन उडान गर्न मिल्ने गरि बिमानस्थलको स्तरोन्नती सुरु गरिने धनगढी नागरिक उडड्यन कार्यालयले जनाएको छ ।

रात्रिकालिन उडानका साथै प्रतिकुल मौसममा पनि उडान र अवतरण गर्न मिल्नेगरि धनगढी विमानस्थलको स्तरोन्नती हुने भएको छ । बिमानस्थलले थप १७ बिगाह ४ कठ्ठा जग्गा अधिग्रहण गरि रात्रिकालीन उडान भर्ने उपकरण जडान गर्ने भएको हो । जग्गा अधिग्रहणका लागि २३ करोड ११ लाख मुआव्जा रकम तोकिएपछि पहिलो चरणमा १५ करोड बितरण भइसकेको र  बाकि रकम नआउदा अधिग्रहणको काम प्रभावित भएको थियो । केही दिन अघि नागरिक उडड्यन प्राधिकरणले बाकि रहेको ८ करोड ११ लाख रकम पनि पनि उपलब्ध गराएपछि धनगढी विमानस्थलको स्तरोन्नती तिब्र गतिमा अघि बढ्ने भएको हो ।

धनगढी बिमानस्थलको सेवा बिस्तार गरि रात्रिकालिन उडानको उपकरण जडान गर्न अधिग्रहणको काम अन्तिम चरणमा पुगेको बिमानस्थल प्रमुख छबिसिंह ठकुल्लाले जानकारी दिनु भयो । भीओआर डिएम र एप्रोच लाईटको व्यवस्था पछि रात्रिकालिन उडान पनि सुरु हुने उहाले बताउनु भयो । बिमानस्थलले अधिग्रहण गर्न लागेको १७ बिघा जग्गा मध्य ११ बिगाह जग्गाको मुआव्जा बितरण गरि धनगढी नागरिक उडड्यन कार्यालयको नाममा पनि आइसकेको छ । बाकि रहेको जग्गाको रकम हस्तान्तरण र नामसारी लगत्तै रात्रिकालिन उडानका लागि काम अघि बढ्ने  बिमानस्थल प्रमुख ठकुल्लाले बताउनु भयो ।

भीओआर डिएइ र एप्रोच लाईटको जडान पछि प्रतिकुल मौसममा पनि उडान र अवतरण गर्न मिल्ने ठकुल्लाको भनाइ छ ।   नागरिक उडड्यन कार्यालयले दोस्रो किस्ता मार्फत बिमानस्थलको जग्गा अधिग्रहणका लागि थप ८ करोड ११ लाख रकम पठाएपछि अहिले स्थानिय प्रशासन लगाएत सरोकारवाला निकायले  अधिग्रहणको काम छिटो सम्पन्न गर्न चासो देखाएका छन् । प्राधिकरणसँग यसअघि नै जापानको जाइकाले उपकरण जडानका लागि सम्झौता गरिसकेको छ । अधिग्रहणको काम समपन्न भएलगत्तै रात्रिकालिन उडानका लागी संरचना निर्माण  सुरु हुने धनगढी नागरिक उडड्यन कार्यालयले जनाएको छ ।

साभार:- radiodailymail.com

तस्बिर :- विशाल पाण्डेय