अस्पतालमा सुत्केरीको ज्यान गएपछि धनगढी बन्द
कैलाली – चिकित्सकको लापरवाहीले सेती अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले धनगढी बजार बन्द गराएका छन् ।
सुत्केरी बेथा लागेपछि चैत्र ४ गते अस्पताल भर्ना गरिएकी धनगढी उपमहानगरपालिका वडा नम्बर-१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार ज्यान गएको थियो।
बिहीबार रातिदेखि नै अस्पताल घेराउ गरिरहेका उनीहरुले चिकित्सकलाई कारबाही हुनुपर्ने माग गर्दै धनगढीको मुख्य सडक ठप्प पारेर नाराबाजी गरिरहेका छन् ।
सेती अञ्चल अस्पतालबाट थप उपचारका लागि कोहलपुर लैजाने क्रममा गर्भवती रेखाको बाटोमै मृत्यु भएको थियो। मृतकका आफन्त र अस्पताल प्रशासनबीच बैठक बसे पनि कुनै सहमति हुन सकेन ।