धनगढीमा भएको आन्दोलन झन् चर्किने सङ्केत - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

धनगढीमा भएको आन्दोलन झन् चर्किने सङ्केत



धनगढी- राजधानी सारिएको विरोधमा धनगढीमा आह्वान गरिएको आमहड्तालबारे छलफल गर्नका लागि शनिबार बोलाईएको बैठक विना निष्कर्ष टुङगिएको छ।

कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा प्याब्सन, एनप्याब्सन, उद्योगी, व्यवसायीलगायत सरोकारवालाले आम हडताल फिर्ता लिन आग्रह गरेका थिए। उनीहरुले बन्दका कारण सबै क्षेत्रमा असर परिरहेको भन्दै बन्दको विकल्प खोज्न आन्दोलनकारीलाई अाग्रह गरेका थिए।

तर, आन्दोलनकारीले भने आम हडताल र बन्द यथावत् रहेको बताएका छन्। आईतबार पनि बन्द र आमहडताल यथावत रहने बताइएको छ।

आईतबार बिहान फेरि छलफल हुने बताईए पनि टुङ्गो नलाग्ने र आन्दोलन चर्किने जानकारहरु बताउँछन् ।