धनराजलाई देउवाले दिए ठूलो जिम्मेवारी - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

धनराजलाई देउवाले दिए ठूलो जिम्मेवारी



काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गरेका छन् ।

शनिबार उपसभापति धनराज गुरुङको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन् ।

उपसमिति सदस्यहरूमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बास्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली छन् । पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार उपसमिति गठन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्नेछ ।