हार्ने डरले प्रतिनिधिलाई धम्क्याउन सुरू - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

हार्ने डरले प्रतिनिधिलाई धम्क्याउन सुरू



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानपूर्व सभापतिका केहि उम्मेदवारले मतदाता धम्क्याएको पाइएको छ ।

यसमा सबैभन्दा बढी शेरबहादुर देउवा नै लागेको बताइएको छ । केहि प्रतिनिधिहरूले आफूहरूलाई धम्की आएको बताएका छन् । वर्तमान सभापतिसमेत रहेका देउवाले आफू पराजित भए ठिक नहुने भन्दै धम्क्याएको एक मतदाताले बताए ।

देउवाले आफूले हरेको खण्डमा सरकारको नेतृत्व कांग्रेसको हातबाट फुत्कन्छ भन्दै प्रचार समेत पाइएको छ । अन्य उम्मेदवारले जितेको खण्डमा ओली विरोधि मोर्चा टुट्ने लगायतका त्रास देखाइएको छ ।

साथै आफूले पार्टी सभापतिको चुनाव जिते सबैको माग पूरा गर्ने र तीन वटै तहमा कांग्रेसको सरकार हुने आश पनि देखाएका छन् ।

शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहेका आफ्ना प्रतिस्पर्धी देउवामाथि आफ्नो घरमा गुप्तचर पठाएको आरोप लगाए । केही दिन अगाडि आफ्नो घरमा देउवाका तर्फबाट गुप्तचरहरु आएको दाबी गरेका उनले त्यसको विश्वसनीय प्रमाण भने सार्वजनिक गरेका छैनन् ।

पत्रकार सम्मेलनमै पनि उनले यस्तो बताएका थिए । उनलाई सोधिएको थियो, ‘शेरबहादुर देउवाले आफ्नो घरमा गुप्तचर पठाएको भन्नुभएको छ । यो कुरा के हो ? कोइरालाले जवाफ फर्काए, ‘…यो सही छ भन्ने कुरा मात्रै म अहिले भन्न चाहन्छु ।’

कांग्रेसमा सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ । यदि कोही उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याए पहिलो र दोस्रो प्रतिस्पर्धीबीच दोस्रो चरणको मतदान हुनेछ ।

सभापतिका उम्मेदवार बिमलेन्द्र निधिले नै पहिलो चरणमा सभापति निर्वाचित नहुने र दोस्रो चरणमा देउवा विरुद्ध मोर्चाबन्दी हुने बताइरहेका छन् ।