प्रचण्ड-नेपाल समूहको बैठकबाट नेताहरू धमाधम बाहिरिए - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

प्रचण्ड-नेपाल समूहको बैठकबाट नेताहरू धमाधम बाहिरिए



काठमाडौँ- प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकबाट धमाधम नेताहरू बाहिरिएका छन् । बाहिरिनेहरू एमालेका नेताहरु बढी छन् । उनीहरूले आफ्नो भनाइ राखेर बैठक स्थलबाट बाहिरिएको बताएका छन् ।

नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बसेको हो ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो ।

हिजो नै दाहाल–नेपाल समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागीता थियो ।

आजको बैठकको एमालेका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वार्ता गरेर एकता जोगाउनुपर्ने विषयमा छलफल गरेको बताएका छन् ।

पूर्वएमालेका नेताहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पान्डे, रघुजी पन्त, योगेश भट्टराई, घनश्याम भुसाललगायतका नेताहरु बैठकमा आफ्नो भनाइ राखेर बाहिर निस्किसकेकाछन् । बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।