स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा मुद्दा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा मुद्दा



काठमाडौं- पटकपटक विवादमा तानिएका स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ।

इनफ इज इनफका अभियन्ताहरुले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै छानबिनको माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।

अभियन्ताहरुले आयोगमा स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह लगायत ओम्नीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुल हरि सिंह भुसाल विरुद्ध उजुरी दिएका हुन्।

यस्तै उनीहरुले स्वास्थ्य सामग्री खरिदमा सम्बन्ध देखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, तत्कालिन स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका प्रमुख महेन्द्र श्रेष्ठ उपरसमेत छानबिनको माग गरेका छन्।

इनफ इज इनफका अभियन्ताहरुले स्वास्थ्य मन्त्रालयमा सूचनाको हक प्रयोग गरि कोभिड–१९ व्यवस्थापनमा सो मन्त्रालयले गरेको पूर्ण खर्चको विवरण माग गरेका थिए।