देशभर एकैपटक 'लकडाउन' हुँदैन: स्वास्थ्यमन्त्री ढकाल - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

देशभर एकैपटक ‘लकडाउन’ हुँदैन: स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अब फेरि पहिलेकै प्रकृतिको लकडाउन नहुने स्पष्ट पारेका छन्।

आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले पहिलेकै जस्तो सोलोडोलो लकडाउन नगरिने बताएका हुन्।

पछिल्ला केही दिनयता कोरोना संक्रमण दर बढिरहेका बेला स्वास्थ्यमन्त्रीको यस्तो भनाइ आएको हो। केही दिनयता भारतसँग सीमा जोडिएका ठाउँ र जिल्लाहरु संक्रमणको जोखिममा छन्।

स्वास्थ्यमन्त्री ढकालले भने, ‘अहिलेसम्मको शिक्षा भनेको सोलोडोलो लकडाउन हुँदैन, कोरोना नियन्त्रणमै छ।’

उनले अत्यन्त खराब अवस्थामा ९१ हजार र सामान्य संक्रमणको अवस्थामा ४९ हजार संक्रमित पुग्ने प्रक्षेपण थियो, त्यस्तो देखिएन। अहिले २१ हजारमा छौँ।’

उनले पछिल्लो केही दिनयता संक्रमित संख्या बढे पनि अब के गर्ने भनेर सरकारले भदौ पहिलो साता समीक्षा गर्ने बताए। उनले भने, ‘भदौ पहिलो हप्ता गएपछि अब के गर्ने भनेर समीक्षा गरेर अब गर्नुपर्ने काम तय हुन्छ।’

कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पनि सार्वजनिक रुपमा मान्छे हिँड्डुल गर्नेलगायतका गतिविधिहरु ६० प्रतिशतमा सीमित गर्ने बताए।

आफूहरुको मान्यता जोरविजोर लगाएर यातायात सञ्चालन गर्नुपर्ने भएको उनले बताए।

त्यस्तै, मन्त्रालयका अर्का अधिकारी डा. सुरेश तिवारीले पनि डब्लुएचओको मापदण्डअनुसार सय जनाको परीक्षण गर्दा २ देखि १२ जनासम्मको रिपोर्ट पोजिटिभ देखिने स्थितिमा अहिलेजसरी नै परीक्षण गर्दा हुने बताए। २ भन्दा पनि कम पोजिटिभ रिपोर्ट आउने अवस्थामा परीक्षण गर्नु साधन स्रोत खेर फाल्नुजस्तो हुने तिवारीले बताए।