रामकृष्ण ढकालको 'डिभोर्स' भित्रको कहानी - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

रामकृष्ण ढकालको ‘डिभोर्स’ भित्रको कहानी



काठमाडौं- गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेदको समाचार हल्लै रहेछ भन्ने लागेको हो भने यो गलत हो। उनी र उनकी श्रीमती नीलम शाहबीच सम्बन्ध विच्छेद भएकै हो।

सार्वजनिक समाचारमा स्रोतको हवाला थिएन, जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठको पुष्टिसहित आएको थियो।

अदालतबाट पुष्टि भएअनुसार गत मंगलबार डिभोर्सको केस शाहले दायर गरेकी थिइन्, वादी भएर। अनि प्रतिवादी रामकृष्ण ढकाल।

सर्वाेच्च अदालतको वेबसाइट सुप्रिम कोर्टडटजीओभीडटएनपीमा गएर काठमाडौं जिल्ला अदालतको वेभ पोर्टलमा रहेको पेसी सूचीसँगै रहेको विस्तृत विवरणमा क्लिक गरी आउने बक्समा मुद्दा नम्बर ०७६–सीपी–३१८८ राखेर हेर्दा यो प्रकरण पुष्टि हुन्छ। यसबारे विस्तृत खबर शुक्रबार साप्ताहिकमा भोला अधिकारीले लेखेका छन्।

जिल्ला अदालतमा रहेको विवरणअनुसार २०७६ पुस ८ गते मुद्दा दर्ता भयो। मुद्दा दर्ता गरेकी थिइन्।

सम्बन्ध विच्छेदको कारण खुलाउँदा उनले यस्तो कारण दिइन्, ‘ढकाल आफ्नो काममा प्रायः सधैं व्यस्त रहँदा घरपरिवारलाई समय नदिएको, पति र पिताको दायित्व पूरा गर्नुस् भन्दा कामको व्यस्तताले समय नदिँदा मनमुटाव र सामान्य झैभगडा हुन थालेको र बस्न विदेश जाऊँ भन्दा नमानेको।’