स्वास्थ्यमन्त्री ढकाल झनै विवादमा: राजिनामाको चर्चा - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

स्वास्थ्यमन्त्री ढकाल झनै विवादमा: राजिनामाको चर्चा



काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको भएको ठहर गरेको छ । लेखा समितिको यस्तो ठहरले स्वास्थ्य मन्त्रालय र स्वास्थ्यमन्त्री माथि नैतिक प्रश्न उठेको छ ।

सोमबार बसेको समितिको बैठकले सरकारले ओम्नी समूहलले खरिद गरेको स्वास्थ्य सामाग्रीमा अनियमितता भएको भन्दै छानबिन गर्ने तयारी गरेको छ । समितिको यो ठहरले विभिन्न आरोप लाग्दै आएका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई थप संकटमा धकेल्ने निश्चित बनेको छ ।

लेखा समितिले अनियमितता भएको जनाएसंगै सामाजिक संजाल र राजनीतिक वृत्तमा यो विषयामा चर्चा सुरू भएको छ । यस्तै स्वास्थ्यमन्त्री ढकालमाथि नैतिक प्रश्न खडा भएको भन्दै उनको राजिनामा सम्मको चर्चा गरिएको छ ।

आजको बैठकमा समिति सदस्यहरु विरोध खतिवडा, धर्मशीला चापागाईं, राजेन्द्र केसी, प्रदीप यादवहरुले सांसदहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आलोचना गरेका छन् । उनीहरुले मन्त्री ढकालले आफ्ना पक्षको समूहलाई मनलाग्दी ढंगले ठेक्का दिएको भन्दै आलोचना गरेका हुन् ।

सरकारले १० अर्बको स्वास्थ्य सामग्री खरिद गरेको बताए पनि पछि करिब नौ अर्बको बिल सार्वजनिक गरेको थियो ।

समिति सभापति भरत शाहले पनि स्वास्थ्य सामग्री खरिदमा ठूलो अनियमितता देखिएको बताएका छन् । उनले आर्थिक र नीतिगत अनियमितता देखिएको बैठकमा बताएका हुन् ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का सदस्यसचिव नारायण बिँडारीलाई बोलाइएको छ ।